सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, ३० फागुन

काठमाडौं, दक्षिणकाली नगरपालिका-२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका-१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका-४ स्थित सडकमा मे.१ त ४८१७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री धोवनी गाउँपालिका-३ गुलरिया बस्ने ७२ वर्षीया महेसिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीरगंज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटा, महालक्ष्मी नगरपालिका-४ सिध्दथानस्थित सडकमा को.२ त ७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा मादी नगरपालिका-९ बस्ने ३० वर्षीय गुणन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-२० पानिपियास्थित सडकमा ना.६ ख १७२४ नम्बरको ट्रकले बा.९४ प ७१६० मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीया जेनिशा राईको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.