साझाले सञ्चालनमा ल्यायो थप ३ वटा विद्युतीय बस

काठमाडौं : साझा यातायातले सोमबार थप ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
साझाले सोमबार पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो। सेवाको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे।
यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बस चलाएर सेवा दिँदै आएकोमा सोमबारदेखि भने थप ३ वटा बस सञ्चालनमा ल्याएको हो।
सोमबार बस सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजना छ। साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेयले बाँकी विद्युतीय बस थप्दै जाने र सेवा थप व्यवस्थित बनाउने योजना रहेको बताए।

चीनको सिएचटिसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रूपैयाँमा किनेको थियो। चार्जिङ स्टेशन अभावमा ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालित छन्। ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन्।

 

Comments are closed.