साफ यु-१६ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडाैं । नेपालमा जारी साफ यु-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियाेगिताकाे पहिलाे खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचकाे खेल दिउँसाे ३ बजे ललितपुरकाे सातदाेबाटाेस्थित खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
शुक्रबार देखि सुरु भएकाे च्याम्पियनसिपकाे उद्घाटन खेलमा भुटानलाई ७-० ले हराउँदै भारतले विजयी सुरुआत गरेकाे थियाे । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान सहभागी छन् ।