सार्वजनिक जग्गा हडप्नेविरुद्ध निर्मम हुन्छाैं, जग्गा चाँडाे भन्दा चाँडाे सरकारकाे मातहतमा ल्याउँछाैं’

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर अतिक्रमित भएका सार्वजनिक जग्गा सरकारकाे मातहतमा ल्याइने बताउनुभएकाे छ ।

शीतल निवासमा शपथ लिएलगत्तै बुधबार राति सिंहदरबारस्थित कार्यकक्षमा पुगेर गृहमन्त्री लामिछानेले देशभर मिचिएका सार्वजनिक जग्गा सरकारकाे मातहत ल्याउने यसअघिकाे कामलाई निरन्तर्ता दिने बताउनुभयाे ।

जग्गा फिर्ताका लागि ७७ वटै जिल्लामा पत्राचार गरिएकाे भन्दै सरकारी जग्गा अनधिकृत रुपमा हडपेर बस्नेहरुविरुद्ध निर्मम हुन उहाँले निर्देशन दिनुभयाे । ‘अघिल्लाे गृहमन्त्रीले गर्नुभएकाे निर्णयलाई निरन्तर्ता प्रदान गर्ने नै मेराे पहिलाे निर्णय हुनेछ, जतिपनि सरकारी जग्गा अनधिकृत रुपमा हडपेर बसेकाे छ, त्यसलाई निर्मम कारबाही गर्न निर्देशन दिन्छु, ७७ जिल्लामा जहाँजहाँ सरकारी सम्पत्ति हडपिएकाे छ त्यसलाई चाँडाे भन्दा चाँडाे सरकारकाे मातहतमा ल्याउने र निरन्तर्ता दिइनेछ’- गृहमन्त्री लामिछानेले भन्नुभयाे ।

सरुवा बढुवाकाे चलखेल आफूहरुबाट नचल्ने उहाँले बताउनुभयाे । हरेक काण्डकाे अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइने समेत गृहमन्त्री लामिछानेले बताउनुभयाे । अनुसन्धानलाई प्रभावित गर्ने कुनै पनि काम आफ्नाे पार्टीबाट नहुने र अरुबाट हुने प्रभावलाई बेवास्ता गरिने समेत उहाँले बताउनुभयाे ।

गृहमन्त्रालय र गृह प्रशासनलाई सफल बनाउन सबैकाे सहयाेग आवश्यक रहेकाे गृहमन्त्री लामिछानेले बताउनुभयाे । आफूलाई शुभकामना दिँदा जहाँबाट सहज हुन्छ त्यसैगरी दिन सकिने भन्दै समेत उहाँले बताउनुभयाे ।

प्रहरीले आफ्नाे उद्यम गरेर खानेहरुलाई निर्वाध रुपमा काम गर्नुपर्ने तर्साउन नहुने र बरु सुरुक्षा दिनुपर्ने गृहमन्त्री श्रेष्ठले बताउनुभयाे । शहरमा कामका लागि निस्कने हरेकले सुरक्षाकाे महशुस हुने सुनिश्चिचता गर्नुपर्ने बताउनुभयाे ।

देशमा शान्ति सुरक्षाकाे प्रत्याभूति गराइने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।