Trending Now

साहित्यकार मोहन सिटौलालाई “अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार”

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई “अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार” प्रदान गरिने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला “अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार” २०२३ बाट सम्मानित हुनुहुने भएको छ।
सो निर्णय अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।
सम्मानित हुनुहुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र सस्थागत योगदानको उचित मूल्यांकन भएको छ। वि. सं. २००० बैशाख ८ चुहानडाँडा, आठराई, तेह्रथुममा जन्मिनु भएका सिटौलाका “केही विवेचना” (समालोचना), “गोठालाहरु” (निबन्धसङ्ग्रह), “अर्को प्रहर”, र “नयाँ मुलुकको नाद” (कवितासङ्ग्रह), “परिभ्रमण” (यात्रानिबन्ध), “संघर्ष किन ?”(नाटक), “वाण्डेरिङ एस्सेज”(अङ्ग्रेजी समालोचना), “नवआलोक” (वृहत काव्य), “सिद्दि-सुधा”(आधुनिक महाकाव्य), “जीवन बाँसुरी” (गीतिसङ्ग्रह), “द न्यु ब्रेथ” (अङ्ग्रेजी कवितासङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित रहेका छन्।
सिटौला भानु पुरस्कार, नेपाल सरकारबाट देवकोटा राष्ट्रिय साहित्य पुरस्कार २०७७ तथा अमेरिकाको पोयट सोसाइटी अफ अस्टिनबाट “कवि राजदुत”बाट सम्मानित भइसक्नु भएको छ ।
अध्यक्ष पूजाका अनुसार अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप सो पुरस्कार प्रदान गरिने भएको हो।
नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि न्यूयोर्कमा स्थापित तारा-किशन फाउण्डेशनको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।
आगामी मार्च १०-१२ मा हुने अनेसासको बोस्टन सम्मेलनमा साहित्यकार सिटौलालाई पुरस्कृत गरिने जानकारी महासचिव विमला निरौलाले बताउनु भएको छ।

Comments are closed.