Trending Now

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments are closed.