काठमाडौं । दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत वीरदल गणको नवौं डफ्फाको कार्यकाल सम्पन्न भएकोले त्यसको बदलामा अरिदमन गणको दशौं डफ्फाको टोली त्यसतर्फ प्रस्थान गरेको हो दशौं डफ्फाका २१२ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका हुन् ।
सेनानी लालबहादुर श्रेष्ठको नेतृत्वमा उनीहरु संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।