स्रोत-साधन र प्राकृतिक सम्पदाको व्यवस्थापन नहुँदा देश जर्जर बन्यो : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले स्रोत साधन र प्राकृतिक सम्पदाले देश सम्पन्न हुँदा-हुँदै पनि उचित व्यवस्थापन नहुँदा देश जर्जर हुँदै गएको बताएका छन् ।भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले बेरोजगारी शैक्षिक कमजोरी र बाध्यकारी प्रवृत्तिले लाखौं युवा विदेशिएको धारणा राखे । पूर्वराजा ज्ञानेन्द्रले युवामा असन्तोष आक्रोश बढेको र यहीकारण विदेशिने बढेको बताउँदै यसको अन्त्य हुनैपर्ने बताए । उनले देशमै उद्यम इलम सीप र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने धारणा राख्दै देशलाई खोक्रो गराउने गरी चलेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने बताए ।
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय उत्साह, वीरता पराक्रम रहेको गौरवशाली देश सबैले हेप्न र छड्के आशाले हेर्ने अपमानित गर्ने खालको बनेको स्वाभिमानी नागरिकले अनुभूति गरेको बताए । राष्ट्रिय अस्तित्वमाथि खिया लाग्दै गरेको बताउदै आत्मलम्बीबाट परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट चिप्लिँदै गएको दाबी गरे ।‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवाशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति गरेका छन्,’ उनले भने, ‘हामी झनै परनिर्भर, परावलम्बी बन्दै गइरहेका छौं । सदाचारी राजनीतिको युग बितिसकेको छ ।’पूर्वराजा ज्ञानेन्द्रले नेपालभित्र हुने र गरिने राजनीतिक र शासकीय परिवर्तनमा दायाँबायाँ भित्री र बाहिरी शक्ति चाहिन्छ छ भन्ने भाष्य बनेको, जुन गलत रहेको बताए । उनले के गर्दा र के कस्तो विधि अपनाउँदा नेपाल र नेपालीको सर्वोच्च हित हुन्छ भन्ने नेपालीले तय गर्नुपर्छ भन्दै उनले सबैलाई आउन र एकैठाउँमा उभिन आग्रह गरे ।
उनले सबै कुराको समीक्षा गरेर मार्गचित्र बनाउन र देश आफैंले बनाउने र आफ्नै स्रोत-सामग्रीको प्रयोग गरेर देश समृद्ध बनाउन आग्रह गरे । देश बनोस्, देश बचोस् भन्ने पुर्ख्यौली भावना इच्छा र आकांक्षा रहेको र आफू नेपालीको सुख-सुविधा, बाधापीडा नजिकैबाट निकालिरहेको भए पनि सम्मान, कानुन र व्यवस्थाविना अस्तित्वमा नरहेको गुनासो गरे ।पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताए ।