काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
सो क्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
साथै समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।
यस्तै प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे । उनले मिटरव्याजीलाई प्रशासनिक क्षेत्रले कहिकतै संरक्षण गरेको सुनिन आएको भन्दै यसबारे पनि निगरानी गर्ने निर्देशन दिए ।
हालसम्म प्रहरीले २३८ जना मिटरव्याजीलाई कारबाही गरेको छ ।