काठमाडौं । हङकङमा हुने टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे घोषणा गरिएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा २४ सदस्यी नेपाली टाेली घाेषणा गरेकाे हाे । राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी टाेलीमा छैनन् ।
नेपाली टोलीमा ‘ए’ टिमका कप्तान विनोद भण्डारी, राशिद खान, आकाश चन्द र लोकेश बम टाेलीमा परेका छन् ।
नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज फागुन अन्तिममा हङकङमा हुँदैछ । नेपालले फागुन २९ (१२ मार्च) मा पवुवा न्युगिनीसँग खेल्नेछ ।
यस्ताे छ नेपाली टाेली
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।