हत्या गरेको अभियोगमा पक्राउ

 

रौतहट, २५ फागुन

मौलापुर नगरपालिका-६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-७ बस्ने २१ वर्षीय संजय महतोसमेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका-६ पथरा टोलमा संजय महतो र सोही ठाउँ बस्ने उमेश महतोबीच बुधबार बिहान एक आपसमा बादबिबाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका नरेश महतोको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.