काठमाडौँ : हिमालय एयरलाइन्सले काठमाडौँ–साङहाई उडान शुरु गरेको छ।
हिमालय एयरलाइन्सले शनिवार नेपालको राजधानी काठमाडौँबाट चीनको आर्थिक हब साङहाईमा आफ्नो उद्घाटन उडान शुरु गरेको हो। एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौँ फर्कने कार्यक्रम छ।
एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौँदेखि साङहाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ भने डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ। सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौँस्थित अपरेटरले जुनमा काठमाडौँ र पेकिङबीचको सिधा उडान पुनः शुरु गरेको हो।
सेप्टेम्बरमा काठमाडौँबाट पूर्वी चीनको तटीय शहर छिङताओमा सिधा उडान शुरु गरेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सी युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे।
नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्धनमा टेवा विश्वास छ। पर्यटन क्षेत्र नेपालको लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो।