‘हुक्का’ चैत ३ लाई प्रदर्शन मिति घोषणा

शम्भु थापाद्वारा निर्देशित फिल्म ‘हुक्का : एन एब्जर्ड ड्रिम’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र अनुहार लुकाउँदै तेज गिरीलाई स्थान दिइएको छ । त्यस्तै, पुरानो शैलीको हुक्कालाई लडेको अवस्थामा चित्रित गरिएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ । फिल्ममा प्रयत्न श्रेष्ठको शब्द/संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, आत्रेय र भगवान पौडेलको पटकथा, दीर्घ खड्काको सम्पादन, कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै, फिल्ममा भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेलको मुख्य सहायक निर्देशन, श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, भुपेन्द्र ढकालको कला, गोरे याङदेनको सहायक छायांकन, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण रहेको छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सह-निर्मातामा छन् ।

Comments are closed.