Trending Now

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नगद ४ लाख ७५ हजार सहित विराटनगर महानगरपालिका १६ सुँडी बस्तीका ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिका वडा नं–६ मा को २९ प ९७३९ नम्बरको मोटरसाइकलमा सवार साहलाई चारलाख ७५ हजार सहित विभिन्न बैंकको चेक, एटिएम कार्ड, भौचर र मोबाइल बरामद गरेको उनले बताए । पक्राउ परेका साहलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भएको दाहालले बताए ।

Comments are closed.