युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ। ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्।
युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन्। पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ।
अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन्। गत नोभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए। रुसले व्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ।
सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन्। उनीहरूलाई युद्धमा सहभागी हुन कारगारबाट मुक्त गरिएको थियो। उनीहरू बिना प्रशिक्षण युद्धमैदानमा पुगेका थिए।
केही विश्लेषकहरूले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्वपूर्ण छ किनकी डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुनसक्छ।
Trending Now
- US, Taiwan sign trade deal aims to strengthen economic ties
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
Comments are closed.