१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचकाे खेल चीनको वानजाउ स्पोर्टस सेन्टरमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा नेपाल भियतनामसँग २-० र दोस्रो खेलमा जापानविरुद्ध ८-० को फराकिलो अन्तरले पराजित भएको थियो।

जापान र भियतनामसँग हारेकाे बंगलादेश पनि समूह चरणबाटै बाहिरिसकेको छ।