काठमाडाैं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनायाे ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, कुशल मल्लले नटआउट ४७, गुल्शन झाले र कुशल भुर्तेलले समान ३५-३५ र विनोद भण्डारी १३ बनाए ।
बलिङतर्फ माल्दिभ्सका बाडेउले ३ विकेट लिए ।