Trending Now

युक्रेनको बख्मुटमा २० हजार रुसी भाडाका सैनिक मारिए

काठमाडौं : युक्रेनको बख्मुट सहरमा लड्न गएका रुसी भाडाका सैनिक वाग्नर ग्रुपका २० हजार सेना मारिएका छन्।

झण्डै एक महिनासम्म चलेको युद्धमा आफ्नो समूहका २० हजार सैनिक मारिएको वाग्नर ग्रुपका संस्थापक यभ्गेनी प्रिगोजेनले बताएका छन। उनले युक्रेनविरुद्ध लड्न वाग्नर ग्रुपमा झण्डै ५० हजार कैदी सहभागी गराइएको र त्यसमध्ये २० हजार बढी बख्मुटमै मारिएको बताएका हुन्।

यस्तै रुसी राजनीतिक रणनीतिकार कन्स्टनटिन डोल्गोभले पनि बख्मुटमा झण्डै २० हजार सैनिक मारिएको बताएका छन्। यसै हप्ता रुस र वाग्नर ग्रुपले बख्मुट आफूहरुले नियन्त्रणमा लिएको दाबी गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बख्मुट कब्जामा लिएको भन्दै सैनिकलाई बधाइसमेत दिएका थिए। तर युक्रेनले लडाईँ जारी रहेको भन्दै रुसी दाबी झुठो रहेको बताएको थियो।

अधिकारीहरुका अनुसार बख्मुटमा अझै लडाईँ जारी छ। बख्मुटमा ठूलो सैन्य क्षति भएपछि रुसी सेना, रुसी रक्षामन्त्री र राष्ट्रपतिको समेत चर्को आलोचना भइरहेको अलजजिराले जनाएको छ।

Comments are closed.