अनेसास नेपालद्वारा २११औं भानु जयन्ति तथा बधाई तथा शुभाकामना कार्यक्रम सम्पन्न

काठमाडौँ, सामाजिक विकाश भवन अनामनगरमा अनेसास नेपाल च्याप्टरद्वारा आयोजित २११ औं भानु जयन्ती तथा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको निर्वाचनमा नेपालबाट निर्वाचित एसिया उपाध्यक्ष सरिता अर्याल तथा अनेसास केन्द्रिय सदस्य सुमन वर्षा घिमिरेलाई बधाई तथा शुभकामना दिइएको थियो।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा वर्तराज आचार्य रहनुभएको थियो। विशेस अतिथिको भूमिकामा प्राडा खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास पूर्व केन्द्रिय उपाध्यक्ष डा रेणुका सोलु, अनेसास नेपालका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपालका सल्लाहकार डा. रामप्रसाद दाहालम अभिनेता रविन्द्र खड्कालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।


भानुजयन्तीका अवसरमा कविहरू,दुर्गा ढकाल, सुचिता काफ्ले, लक्ष्मण सिटौला, मंजिला अनिल, शान्ति रिसालले कविता वाचन गर्नु भएको थियो। भानुभक्त आचार्यको प्रतिमामा फूलमाला अर्पण गरेर भानुको स्मृति गरिएको थियो।
लेखक सरिता अर्याल र सुमन वर्षालाई खादा, माला तथा बधाई शुभकामना पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्राडा वर्तराज आचार्य प्राडा खगेन्द्रप्रसाद लुइँटेल, राधेश्याम लेकाली, डा रेणुका सोलु, डा. रामप्रसाद दाहाल र रविन्द्र खड्कालगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो। विजयी सरिता अर्याल र सुमन वर्षाले आफ्नो जिम्मेवारी र कर्तव्यको बारेमा बोल्दै विजयी गराउने सबैप्रति कृतज्ञता अर्पण गर्नु भएको थियो। कार्यक्रममा अनेसासमा नयाँ बन्नु भएका सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मंजिला अनिलले राख्नु भएको थियो। कार्यक्रम अनेसास नेपाल च्याप्टर कि महासचिव रन्जना निरौलाले चलाउनु भएको थियो। धन्यवाद ज्ञापन तथा सभा विसर्जन अध्यक्ष राजेन्द्र केसीले गर्नुभएको थियो।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरू, कवि, लेखक, साहित्यकार, शुभचिन्तक तथा पाठकलगायतको बाक्लो उपस्थिति रहेको थियो।