कानुनविपरीत विशिष्ट व्यक्तिका लागि खटिएका २४१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कानुनविपरीत विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरिएको बताएका छन् ।सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।गृहमन्त्री लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना सुरक्षाकर्मी फिर्ता भएको बताए ।
नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले बताए।सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री लामिछानेको भनाई छ।प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको गृहमन्त्री लामिछानेले बताए।