सफा हिमाल अभियानद्वारा ३४ हजार के.जी. फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा सगरमाथा, ल्योत्से, अन्नपूणर् र बरूणत्सेबाट ३४ हजार केजी फोहोर संकलन गरेको छ । यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको नेपाली सेनाले जनाएको छ ।

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक रहेको सो अभियानमा अन्य धेरै संस्थाहरूलगायत कोका-कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी २८ मार्चमा सुरु भएको थियो ।

प्रत्येक वर्ष सयौँ आरोही, सेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफुसँगै बायोडिग्रेडेबल र नन-बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूणर् फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन् ।

नेपाली सेना र सेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाईको प्रयास सुस्त भइ हालसम्म चार हिमालबाट ३४ हजार १६६ के.जी. फोहोर संकलन गरेको छ । खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरु, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको छ ।

अभियानका बारेमा सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डेले भने, ‘सफा हिमाल अभियान, विभिन्न हिमालहरुको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्यौँ जसले गर्दा टिमका धेरै सदस्यहरू स्वास्थ्य समस्याहरूका कारण पछि परेका थिए भने टिमका सदस्यहरूको सुरक्षाका लागि पहिले भन्दा धेरै इभ्याकुवेसन् गर्नुपरेको थियो ।’

चुनौतीपूणर् मौसम र उच्च जोखिमको अवस्थाका बावजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ । विज्ञहरू र नेपाली सेनाले सेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरुसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर सङ्कलन गरी फिर्ता ल्याउन समर्थ बनाएको थियो ।

पहिलो संस्करण देखि नै प्रमुख दाताका रूपमा कोका-कोला फाउन्डेशन आवद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ भने नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भइ हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ रहेको छ । लक्षित चार हिमालहरूबाट फोहोर संकलनलाई प्रभावकारी बनाउन टिमले स्थानीय सरकार, सरोकारवाला र सबन्धित निकायहरूसँग समन्वयमा काम गरिरहेको छ ।

जारी रहेको सफा हिमाल अभियानका बारेमा बोल्र्दै, सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक व्रिmएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्वपूणर् चुनौती खडा गरेको छ । सफा हिमाल अभियान, यी प्राचीन प्राकृतिक सम्पत्तिहरूमा फोहोरको समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्दै, यस विषयमा सचेतना जगाउने र नागरिकको रूपमा हाम्रो सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास हो भन्ने मेरो दृढ विश्वास छ ।

व्रिmएसनले संकलन गरिएको फोहोरलाई सह-प्रशोधन र पुनः प्रयोग गर्न, यसको उचित उपयोग सुनिश्चित गर्न र फोहोर व्यवस्थापनको लागि दिगो प्रक्रियालाई अग्रसरता दिन महत्वपूणर् भूमिका खेलेको छ ।

दिगो फोहोर व्यवस्थापन प्रवद्र्धन गर्ने प्रयासको रूपमा फोहोर सङ्कलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ्ग पार्टनरलाई हालसम्म अन्नपूणर् हिमाल र बरूणत्से हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।

जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौं, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिनमार्फत दर्साउँदै आएको छ । ३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसियालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ । जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्वलाई जोड दिँदै यो अभियान समापन गरिने छ ।

Comments are closed.