भूकम्प प्रभावितलाई एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कर्णाली प्रदेशको जिल्ला जाजरकाेट केन्द्रबिन्दु भएकाे गएकाे भूकम्पबाट प्रभावितहरुकाे उद्धार तथा राहत वितरणका लागि बैंकले साे सहयाेग प्रदान गरेकाे हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले ५१ लाख रुपैयाँको चेक साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएकाे हाे । भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन साे रकम सहयाेग गरिएकाे बैंकले जनाएकाे छ ।