मदन पुरस्कार २०७९ का लागि ५ कृति छनौट

मदन पुरस्कार गुठीले विज्ञप्ति प्रकाशित गर्दै विसं २०७९ सालको मदन पुरस्कारका लागि ५ कृतिको छनौट गरेको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार सुविन भट्टराईको “ईजोरिया”, विवेक ओझाको “ऐंठन”, द्वारिकानाथ ढुङ्गेलको “चक्रब्यूहमा नेपालको जलश्रोत” , प्रगति राईको “थाङ्ग्रा” तथा सञ्जय विष्टको “माटाको घर” छनौटमा परेका छन् । गुठीका अनुसार पुरस्कार हेतु प्राप्त ३१३ पुस्तकहरुमध्ये यी ५ कृति छनौटमा परेका हुन् ।यी छनौटमा परेका ५ कृतिहरुमध्य ईजोरिया, ऐंठन र थाङ्ग्रा खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने “पद्मश्री साहित्य पुरस्कार” को १५ कृतिहरुको लामो सूचिमा समेत परेको छ ।

वि. सं २०१३ सालदेखि मदन पुरस्कार दिन थालिएको हो । नेपाली भाषाको एक उत्कृष्ठ ग्रन्थलाई मदन पुरस्कार दिने गरिन्छ । नेपालको जेठो र प्रतिष्ठित मदन पुरस्कारलाई नेपालको नोवेल पुरस्कार समेत भन्ने गरिन्छ ।