चीन सागरमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला

चीनको नेशनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेशनले बिहीवार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ।

पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा यस्ता अवशेष फेला परेका हुन्। समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन्। यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धान कर्ताहरूको बताएका छन्।

दक्षिण चीन सागरमा चीनले व्यापार गरेको प्रमाण भएको चीनले बताएको छ। मिङ राजवंश (१३६८—१६४४) का दुई जहाज दुर्घटना भएको थियो। करिव १५ सय मिटर तल यो अवेशषहरू फेला परेका हुन्।