हास्यव्यङ्यकार गोज्याङ्ग्रेका ६ वटाकृति लोकार्पित

काठमाडौँ, शुक्रबार । हास्यव्यङ्ग्यकार माधव पोखरेल “गोज्याङ्ग्रे”का ६ वटा पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा .रामकुमार पाँडेको प्रमुख आतिथ्यता तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको अध्यक्षतामा लोकार्पण कार्यक्रम भएको थियो । यस अवसरमा प्रमुख अतिथि पाँडेले हास्यव्यङ्ग्य लेखनमा नयाँ पुस्तालाई उत्प्रेरित गर्दै क्रान्तिकारी साहित्य लेखन अबको आवश्यकता रहेको बताउनुभयो ।साथै ,उहाँले गोज्याङ्गेको व्यङ्ग्यकारिता सबैले बुझ्ने भाषामा रहेको बताउनुभएको थियो ,
वरिष्ठ साहित्यिक पत्रकार तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले हास्यव्यङ्ग्य लेखनको गम्भीरताबारे ओैल्याउँदै गोज्याङ्ग्रे मेहनती हास्यव्यङ्ग्यकार भएको चर्चा गर्नुभएको थियो ।
त्यस्तै ,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले साहित्यिक पत्रकारितामा “नेपाल साहित्यिक पत्रकार सङ्घ”को योगदानबारे चर्चा गर्दै सङ्गठन निर्माण र गतिविधिमा एकसाथ अघि बढेको उल्लेख गर्नुभएको थियोे ।साथै ,उहाँले हास्यव्यङ्ग्यकार माधव पोखरेल “गोज्याङ्ग्रे”को हास्यव्यङ्ग्यकारिताले सुन्दर सम्भावना बोकेको बताउनुभयो ।
यसैगरी ,वरिष्ठ हास्यव्यङ्ग्यकार तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेलले गोज्याङ्ग्रेद्वारा रचित ‘मद्यशाला’ व्यङ्ग्य काव्यकारिताको विशद् चर्चा गर्नुभएको थियोे । त्यस्तै , हास्यव्यङ्ग्यकार माधवप्रसाद पोखरेल गोज्याङ्ग्रेका अन्य कृतिमा जीवनाथ अधिकारीले ‘सिहदरबारका नरसिंहहरू’, प्रलेसका केन्द्रीय महासचिव डा. देवी क्षेत्री दुलालले ‘भ्रष्टपाल’, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यप्रसाद लाकोजुले ‘भ्रष्टपति’ , नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय महासचिव चेतनाथ धमलाले ‘अथःनेता देवायै नमः’ नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय उपमहासचिव नवराज रिजालले ‘अबगाल’ कथासङ्ग्रहको चर्चा गर्नुभएको थियो । यस अवसरमा विशेष अतिथिहरू भाषा आयोगका सदस्य मातृका पोखरेल ,भाषा आयोगका सदस्य गोपाल अस्क , प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरी र साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
यस लोकार्पण कार्यक्रमको स्वागत मनतव्य नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा कथाकार इन्द्रकुमार श्रेष्ठ “सरित्”ले स्वागत मनतव्य तथा धन्यवाद ज्ञापन यस सङ्घका सचिव तथा कथाकार होमशङ्कर बास्तोलाले गर्नुभएको थियोे ।साथै, कार्यक्रमको उद्घोषण सङ्घ महासचिव तथा कवि चेतनाथ धमलाले गर्नुभएको थियो ।

Comments are closed.