भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन् । नेपाली लेखक तथा संस्कृतिविद डा. बीना पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्नु हुनेछ ।
वार्षिक रुपमा मनाउंदै आएको कलिंगा साहित्य महोत्सव (KLF) फेब्रुअरी 9 देखि 11 (२६ माघ – २८ माघ) उडिसा भुवनेश्वरको स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ। आफ्नो दशौं वर्ष मनाउँदै, महोत्सवले जीवनका सबै क्षेत्रका लेखकहरू, वक्ताहरू, विचारकहरू र मानवतावादी, संगीतकर्मीहरुको अनुभूतीलाई प्रदर्शन गर्नेछ।
भारतमा हुने उक्त कलिङ्ग साहित्य महोत्सवमा नेपाली संस्कृतिविद तथा प्राज्ञ डा. बीना पौड्याल सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी हुनुहुनेछ । महोत्सवमा प्रख्यात विद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल वक्ताका रुपमा रहनुहुनेछ ।