सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति भएको छ। शिक्षकहरूले उठाएका १८ बुँदे मागका विषयमा वार्ताबाट ६ बुँदे सहमति भएको र त्यसको फाइनल ड्राफ्ट भर्खरै मात्र सार्वजनिक गरिएकाे छ।

सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कार्यक्रमसमेत फिर्ता लिएका जनाएका छन्। तर राहतलगायत आन्दोलनमै सहभागी शिक्षकहरूले भने असन्तुष्टि जनाएका छन्।

सहमतिसँगै विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गरिने भएको छ।

संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सहमतिपत्र तल हेर्न सक्नुहुन्छ