नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रस्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा चेतनाथ कणेल हरित, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी र सचिवमा प्रकाश घायललाई चयन गर्यो।
सदस्यहरूमा शङ्कर भारती, डा. सदानन्द कणेल, रञ्जना निरौला,डा. शान्तिमाया गिरी, मधु पाठक, र माधव बिडारी निर्वाचित भए।
निर्वाचनका लागि साधारण सभाले पवन आलोक, हिरण्यकुमारी पाठक र डा गोविन्दमानसिंह कार्की रहेको निर्वाचन आयोग गठन गरेको थियो।
साधारण सभाको सञ्चालन विनोद नेपालले गरेका थिए भने जानू धिताल र नवराज अवदोषीले समाजले गत कार्यकालमा गरेका कार्यक्रम र आयव्ययको जानकारी गराएका थिए।
Comments are closed.