राष्ट्रिय सभा सदस्य चुनाव : उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडाैं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची-१ अनुसार उमेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयाेगले साेमबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयाेगले जनाएकाे छ ।

यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयाेगले निर्देशन दिएकाे छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न समेत आयोग निर्देशन दिएकाे छ ।

माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ सिटका लागि चुनाव हुँदैछ ।

Comments are closed.