काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् ।प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न सभापति देउवाले विपक्षी दलका नेताहरुको बैठक बोलाएका हुन्।बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ ।कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
Comments are closed.