उपसभामुखमाथि छानबिन होस्, मसँग भएको प्रमाण दिन्छु: मुकुल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् ।
आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् । आफूले सुरुमा घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले थाहा छैन भने पनि पछि एकजनाको नाम बताएको पनि उनले बताएका छन् ।

Comments are closed.