सयपत्री फूलको माला किन्नेहरुको भीड

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ ।

तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ ।

कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ ।

विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ । घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ– गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ ।

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।