एनआरएनसँगको संयुक्त लगानीमा मोर्माटप रारामा होटेल खोलिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकालले मुगुको रारामा होटल निर्माण गर्ने भएका छन् । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ लागत रहने छ ।एनआरएनसँगको संयुक्त लगानीमा ढकालले हाटल निर्माण गर्ने भएका हुन् ।
लगानी सम्मेलनमा सोमबार बिहान साढे ११ बजे अस्टे्रलियन कम्पनीसँग लगानीसम्बन्धी सम्झौता गर्ने कार्यक्रम छ । अष्ट्रेलियामा कार्यरत एनआरएनहरुले खोलेको कम्पनीसँग व्यवसायी चन्द्र ढकालले मुगुको मोर्माटपमा होटेल खोल्ने सम्झौता गर्न लागेको लगानी बोर्डका एक उच्च अधिकारीले जानकारी दिए ।
यो लगानी सम्मेलनमा निजी क्षेत्रका केही पसरयोजनामध्ये महासंघ अध्यक्ष चन्द्र ढकालको मुगुमा बन्ने होटलमा लगानीसम्बन्धी सम्झौता हुने कार्यक्रम छ, ती अधिकारीले भने ।रारा नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्येको एक उतृकष्ट ठाउँ हो । सेवा क्षेत्रबाट व्यवसाय सुरु गरेका ढकालले सेवा क्षेत्र हुँदै पछिल्लो सयमा उत्पादनमूलक क्षेमा समेत लगानी बढाइरहेका छन् ।