कार्कीविरुद्ध परेका उजुरीको छानबिन गर्न सुनुवाइ समितिको बैठक बोलाइयो

काठमाडौं : संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। प्रस्तावित प्रधानन्यायाधीशमा  हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

कार्कीविरुद्ध समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकता अनुसार उजुरीकर्तालाई छलफलमा बोलाइने समिति सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए। हिजो मात्रै कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो। न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो।

कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो। प्रधानन्यायाधीशका लागि सिफारिस कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ।

उजुरीमाथि छानबिन र त्यसमाथि कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ। उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको