माल्टा पठाइदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २८ जेठ

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मुगु छाँयानाथ रारा नगरपालिका-३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।