Trending Now

कविताः इच्छा \ दुर्गा कुमारी भट्टराई

धेरै पछि आज मलाई खुल्न मन लाग्यो ।
मनका सबै दुख कष्ट भुल्न मन लाग्यो ।।

बगैँचामा फुलेका ती थरी थरी फूल
फूलसंगै मनको बह बोल्न मन लाग्यो ।।

साथीभाई आफन्तको हिम्मत हौसलालाई
आर्शिवाद सम्झि यात्रा थाल्न मन लाग्यो ।।

नयनबाट वर्षेका यी झरीहरू पुछ्दै
फेरी मलाई मुस्कानमा खुल्न मन लाग्यो ।।

अँध्यारो त्यो कालरात्री जीवनको पुछ्दै
झल्मल झल्मल दीप ज्योति बाल्न मन लाग्यो

 

लाँलीगुरास भन्न थाल्यो सँगै हाँसौँ है
सयपत्री, गोदावारी भन्छन्  नाचौँ  है
धानका बाला झुलेझँ झुल्न मनलाग्यो
मखमली फुलेझैँ फुल्न मन लाग्यो ।।

 

धेरै पछि आज मलाई खुल्न मन लाग्यो ।
मनका सबै दुःख कष्ट भुल्न मन लाग्यो ।।

दुर्गा कुमारी भट्टराई
हरिऔन , सर्लाही ।

Comments are closed.