कविता: पुरानो झ्याल / गगन विरही

टाढा धेरै टाढासम्म
झ्याल बन्द भएको धेरै भयो
सुदूर क्षितिजको
अथाह लिपोट्
सुन्दर कलालारिताको भित्तामा
टांगिएको अदभुत
फ्रेम तिमीनै थियौ
पूर्व पश्चिमको
दोहोरो घाममा
सन्दुक भएर
निस्केको धुँवा थियौ ।

म चमक
वर्षा मार्फत
स्थानांतरण, झ्याल
र एक जोडी आँखा
बन्द छन
झ्यालका मुटुहरु
उकुसमुकुस
परालका ढुसीहरु
अप्ठेरो भरेँगका खुड्किला
सम्झेको छु
बस एक पातलो कागज
एक अर्धचन्द्राकार (
आँखा मुनि
कर्याक कुरुक आउने झ्यालका चुकुल
आत्मा हत्या गर्न तम्तयार
खापा र चौकोस
ढुँगे धारामा एक्लिदै
दिएको सेतो पर्दा
च्यातिसके छन मैलो सम्झना भएर ।

Comments are closed.