रूसी सेनामा रहेका नेपालीहरूका परिवारद्वारा रुसी दूतावासअगाडि धर्ना

काठमाडौं । रूसी सेनामा रहेका नेपालीहरूका परिवारले सोमबार काठमाडौंस्थित रुसी दूतावासअगाडि धर्ना दिएका छन् । अनसनमा बसेको चौथो दिन दूतावासअगाडि धर्ना दिएका हुन् । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले धर्ना दिएका हुन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका छन्