त्रिभुवन विमानस्थल नजिक एक युवकमाथि गोली प्रहार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ । लागू औषध कारोवारमा संलग्न एक युवाले प्रहरीसँग प्रतिकार गर्दा उनिमाथि प्रहरीले गोली चलाएको हो ।

शम्भु मार्ग नजिकै लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारी युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनि गोली लागेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

घाइते युवकको नाम भने खुलिनसकेको छैन । युवकलाई हाल केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।