विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ      

 

कास्की, २४ पुस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-३ नदिपुर घर भई चितवन भरतपुर महानगरपालिका-१२ डेरा गरी बस्ने ४६ वर्षीय उमेश गिरी भन्ने उमेश बहादुर गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०६६ फागुन २७ गतेको फैसलाले सर्वस्व सहित जन्म कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो । पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थाकालीलाई उमेश बहादुर लगातयका व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उमेश बहादुर  घटनामा संलग्न भएपश्चात भागेर काठमाडौं गएर बसी सोही स्थानबाट सुरूमा कतारमा १२ वर्षीय बसेको, इराकमा ३ वर्ष, अफगानिस्तानमा २ वर्ष बसेपछि ८ वर्ष अगाडी नेपालआई चितवनमा वर्कसप र वाइन पसल खोली आफ्नो परिचय लुकाई बसेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।

यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२८ माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालतको २०७९ बैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।

Comments are closed.