एबीयूको घोषणा: लैङ्गिक समानता, विविधता र समावेशिता हासिल गर्न मिडियाको महत्त्वपूर्ण भूमिका

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा जारी ६० औँ एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू) जेनरल एसेम्ब्ली एण्ड एसोसियटेड मिटिङले सियोल घोषणा जारी गरेको छ ।

कोरियन बोर्डकास्टिङ सिस्टम (केबीएस) को आयोजनामा अक्टोबर २७ बाट सुरु भएको एबीयूको ६० औँ एसेम्ब्लीले पाँच बुँदे घोषणा गरेको हो । ‘लैङ्गिक समानता बढाउन र मिडिया क्षेत्रमा विविधता र समावेशीकरण विस्तार गर्नको लागि उनीहरूको अटल समर्पणको लागि प्रशंसा गर्दछ यद्यपि, हामी दृढ विश्वास गर्छौँ कि मिडिया क्षेत्र भित्र सुधारहरू आवश्यक छ, विशेष गरी लैङ्गिक समानता र विविधता सम्बन्धी निर्णय लिने र सामग्री उत्पादनमा हामीले हालको पहलहरूलाई निरन्तरता दिनुपर्छ र दोहोर्‍याइनुपर्छ भन्ने वकालत गर्छौँ, त्यसैले विविधता र समावेशीकरणलाई सुदृढ पार्न निम्न चरणहरूमा लिङ्ग, क्षेत्रीय पुस्ता र सामाजिक–आर्थिक असमानताहरू सम्बन्धी हाम्रो प्रतिबद्धतालाई गम्भीरतापूर्वक घोषणा गर्दछौँ’, सभाले निर्णय गरेको छ ।

लैङ्गिक समानता, विविधता र समावेशिता हासिल गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहेको सभाको निष्कर्ष छ । ‘हामी लैङ्गिक समानता, विविधता र समावेशिता हासिल गर्न मिडियाको महत्त्वपूर्ण भूमिकाको महत्त्वलाई स्वीकार गर्छौँ र सुशासनको दिशामा हाम्रा संस्थागत प्रयासहरूलाई दिगो र विस्तार गर्ने घोषणा गर्छौँ’, सभाको घोषणाको पहिलो बुँदामा उल्लेख छ ।

जसको लागि सामग्री निर्माणमा महिलाको प्रतिनिधित्व बढाउने,  सामग्री भित्र लैङ्गिक समानता र विविधता बढाउनु पर्ने, सङ्गठनात्मक संस्कृति सुधार गर्न शिक्षा र प्रशिक्षण प्रवर्द्धन गर्नुपर्ने, आन्तरिक समझ र जागरूकता बढाउनको लागि पारदर्शिता मापन र खुलासाहरूलाई बलियो बनाउनुपर्ने सभाले घोषणा गरेको छ ।

विविधता र समावेशीकरणको मिडियाको धारणामा उल्लेखनीय सुधार भएको सभाको ठहर छ । तथापि अझै धेरै क्षेत्रमा सुधारको आवश्यकता बैठकले औँल्याएको छ । ‘यद्यपि विविधता र समावेशीकरणको मिडियाको धारणामा उल्लेखनीय सुधार भएको छ, हामी बुझ्दछौँ कि अझै पनि सुधारको लागि ठाउँ छ, यसका लागि हामीले हाम्रा सदस्यहरूको वर्तमान स्थिति पहिचान गर्न हर प्रयास गर्नेछौँ र सधैँ उत्कृष्ट अभ्यासहरू पत्ता लगाउन र प्रसार गर्न प्रयास गर्नेछौँ’, घोषणाको दोस्रो बुँदामा लेखिएको छ ।

‘हामी एक अर्काको सांस्कृतिक र सामाजिक विशिष्टताको मूल्याङ्कन र सम्मान गर्दै विविधता र समावेशीका विश्वव्यापी मूल्यहरूलाई महसुस गर्न निर्देशन कार्यक्रम लगायत शिक्षा र प्रशिक्षण पहलहरू कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’, घोषणाको तेस्रो बुँदामा उल्लेख छ ।

श्रोतालाई प्रतिबिम्बित गर्ने सङ्गठनात्मक समर्थनलाई बलियो बनाउने सभाले निर्णय गरेको छ । ‘हामी श्रोतालाई प्रतिबिम्बित गर्ने सङ्गठनात्मक समर्थनलाई बलियो बनाउनेछौँ’ सभाको घोषणाको चौथो बुँदामा लेखिएको छ ।

मिडिया सामग्री र सेवाहरूसँग संलग्न र अन्तरक्रिया गर्ने सभाले सोही बुँदामा निर्णय गरेको छ ।

लैङ्गिक समानता विविधता, र समावेश सुदृढ गर्न सभाको पाँचौँ बुँदाको घोषणा छ । सञ्चार माध्यमहरू बिच आपसी आदानप्रदान र सहयोगभन्दा बाहिर विभिन्न देशहरूका विविध समुदाय र व्यक्तिहरूले सक्रिय रूपमा गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दै सामग्रीमा समावेश गर्ने सभाले निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघ र युनेस्को सहित अन्ताराष्ट्रिय समुदायसँग ऐक्यबद्धता प्रवर्द्धन गर्ने कार्य जारी राख्ने घोषणा गरिएको छ । एसेम्ब्ली नोभेम्बर १ तारिखसम्म चल्ने छ ।

सभामा नेपालको तर्फबाट प्रेस चौतारी नेपालका महासचिव हीरामान लामा तथा बानका सल्लाहकार प्रेम बस्नेतको सहभागिता रहेको छ । भ्रमणका क्रममा दक्षिण कोरियामा रहेको पत्रकार, नेकपा एमालेका नेता कार्यकर्ता तथा त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको लामाले बताउनुभयो ।