एसीसी प्रिमियर कपः नेपालको शानदार जित

काठमाडौंः एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्ध खेलमा नेपालले शानदार जित हाँसिल गरेको छ ।

नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको हो ,

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा नवौं विकेट गुमाएर २२६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।