नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन भएको छ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम सरकारले निषेधाज्ञाका कारण रिेको र अब सोही समयमा तीनकुनेमा हुने जानकारी गराएका छन्।
सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। सोही निर्णयपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।