विमान दुर्घटना, उद्धारमा खटिएका ५ प्रहरी पुरस्कृत

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा डीएसपीद्वय सुकदेव खनाल, टेक राउत र प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन् । उनीहरुलाई रेकर्डमा जोडिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । त्यसक्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।