आह्वानले गर्यो समकालिन निबन्धमाथि विमर्श

आह्वानले गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत यसपाली ‘समकालिन निबन्ध माथि कार्यक्रम सम्पन्न गर्यो । काठमाडौँ आर.आर. कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रा.डा. ज्ञानु पाण्डे, साहित्यकार रञ्जना निरौला र साहित्यकार मुकुन्दराज शर्मा रहनु भएको थियो । उक्त विमर्शमा समकालिन निबन्ध, निबन्धमा समावेसीकरण, ‘आत्मपरक निबन्ध र निबन्धकारको अवस्था’, नारी निबन्धकार, निबन्ध र नियात्राका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा तीन जाना वक्ताको हालसालै प्रकाशित निबन्धबाट केही हरफ निबन्ध पढेर सुनाइएको थियो ।

उक्त कार्यक्रममा अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत वरिष्ठ कथाकार भागिरथी श्रेष्ठलाई निबन्धकार युवराज नयाँघरे तथा आह्वानकि  अभियन्ता उमा सुवेदीले ‘सम्मान पत्र’ खादा सहित अर्पण गर्नु भएको थियो । कार्यक्रमा साहित्यकार जय छाङ्छा राई, साहित्यकार महेशविक्रम के.सी, साहित्यकार जलेश्वरी श्रेष्ठ, साहित्यकार गीता त्रिपाठी, सरिता तिवारी, गीता रेग्मी, विना थिङ तामाङ, शिवप्रकास लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आह्वानकि  अभियन्ता साहित्यकार कुमारी लामाले गर्नु भएको थियो ।