काठमाडौ,बैशाख १० l पछिल्लो केही बर्ष यता काठमाडौंको वायु प्रदूषण निकै अस्वास्थ्यकर देखिएको छ।काठमाडौंको वायुले स्वास्थ्यका लागि खतराको सूचक पार गरेको छ।विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार एक्यूआई ५० सम्मको वायुलाई स्वस्थकर मानिन्छ।तर नेपालमा अहिले एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ।यो मानव मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ।
काठमाडौँको वायु प्रदूषणले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भनेर एक जोडी कृतिम फोक्सोको चित्र राखेको थियो।तर त्यो फोक्सो १५ दिनमा नै वायु प्रदूषणले कालो बनाएर निकालिएको छ।खास गरी यो फोक्सो वायु प्रदूषण विरुद्ध जनचेतना जगाउने उदेश्यले राखिएको थियो।वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन गत २४ चैतमा राखिएको कृतिम फोक्सो झिकिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिर अधिकारिले बताउनुभयो।
काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले उक्त कृत्रिम फोक्सो छव६ समयमा नै कालो भएको छ।यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ।छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामुलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ।
नेपालमा वायु प्रदुषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो,औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन,जंगलमा लाग्ने डढेलोको साथै घर,रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ,दाउरा,कोइला,ब्रिकेटको आदिको प्रयोग रहेका छन्।प्रदुषित वायुमा कार्बन मोनोअक्साइड,ओजोन,नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन्।
वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याहरुका साथै हृदयघात, मतिष्कघात,आँखा,छाला सम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकहरु मध्ये एक रहेको छ।