इङ्गल्याण्डका अलराण्डर मोइन अली टेस्ट क्रिकेटबाट सन्यास फिर्ता लिएसँगै एसेज टेस्ट शृंखलाबाट टेस्ट क्रिकेटमा पुनरागमन गर्ने भएका छन् ।
अलीले बुधबार एसेज टेस्ट शृंखलाबाट टेस्ट क्रिकेटमा पुनरागमन गर्ने घोषणा गरेका हुन् ।
उनले दुई वर्षअघि टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । तर अस्ट्रेलियाविरुद्धको एसेज शृंखलाको तयारीमा रहेका स्पिनर ज्याक लिच घाइते भएपछि इङ्गल्याण्ड क्रिकेट बार्डले अलीलाई संन्यास फिर्ता लिँदै टेस्ट टोलीमा फर्कन आग्रह गरेको थियो ।
क्रिकेट बोर्डको आग्रहलाई स्विकार गर्दै अलीले सन्यास फिर्ता लिनुका साथै एसेज टेस्ट शृंखलाबाट टेस्ट क्रिकेटमा पुनरागमन समेत गर्ने भएका हुन् ।
इङ्गल्याण्ड र अष्ट्रेलियाबिचको एसेज शृंखला जुन १६ बाट इङ्गल्याण्डस्थित एजब्यास्टन स्टेडियममा शुरु हुनेछ ।
अलीले १२ जुन २०१४ मा श्रीलंकाबिरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।
सन्यासअघि अलीले टेस्ट मा १००० रन बनाएर १०० विकेट लिएका थिए ।