काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनी आज बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका थिए।
खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।