सुन तस्करीको सुई जताबाट घुमाएपनि माओवादी नेताहरुतिरै सोझियो

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन् ।

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरू तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरूसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लङ्ग हुन्छ,’ उनले भनेका छन्, ‘छानबिन गर्ने/नगर्ने सरकारको कुरा भयो- यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुबिधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभावित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन् । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’