गृहमन्त्री रमेश लेखकबाट प्रधान कार्यालयको निरीक्षण भ्रमण

काठमाडौँ , माननीय गृहमन्त्री रमेश लेखकले साउन ४ गते प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा माननीय गृहमन्त्री रमेश लेखक तथा गृह सचिब एक नारायण अर्यालले प्रधान कार्यालयस्थित केन्द्रिय परिचालन कक्ष, Border Resource and Research Center तथा एपीएफ संग्राहलय तथा विपद् उद्धार सामाग्रीहरुको समेत अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरुको समेत प्रस्तुतीकरण मार्फत जानकारी लिनुभएको थियो ।